सिन्धुपाल्चोक सुनखानी गा.वि.स को सुन्दर र रमणिय गाउँहरु अनी भौगोलीक र प्रकृतिक दृष्टीले भरिपूर्ण मेरो मेलचौर गाउँ....... बाँकी हेर्नुहोस् »

सिन्धुपाल्चोक सुनखानी गा वि स को सुन्दर र रमणिय गाउँहरु अनी भौगोलीक र प्रकृतिक दृष्टीले भरिपूर्ण मेरो मेलचौर गाउँ....... बाँकी हेर्नुहोस् »

सिन्धुपाल्चोक सुनखानी गा वि स को सुन्दर र रमणिय गाउँहरु अनी भौगोलीक र प्रकृतिक दृष्टीले भरिपूर्ण मेरो मेलचौर गाउँ....... बाँकी हेर्नुहोस् »

 

Category Archives: गृह पृष्‍ठ

शुभकामना

नयाँ बर्ष २०६९

आजको यो नयाँ वर्ष २०६९ सालको नयाँ बिहानिसगै नयाँ … बसन्तको आगमन सँगै नव बर्षले नयाँ उत्साहको बिहानी ल्याओस ! … अनि उच्च रहोस चाहाना सच्चा रहोस् भावना तपाईंहरुको शाहसको बाटोपरिवर्तन नहोस् यात्रा निरन्तर चलिरहहोस् हुरिबतासको लहर जतिनै बेगले चलेपनी कर्मको दियो अटुट बलिरहोस् । नयाँ बसन्तको पालुवाले सजियोस तपाईको हरक्षण अनी नयाँ बर्ष २०६९ को उप्लक्ष्यमा शान्ती सम्व्रिदी उत्तर उत्तर प्रगती को कामना शाहीत देशमा जनताको पक्षमा नयाँ संबिधान निर्माण होस् र जनताले शान्तिको आभास गर्न सकुन शोदेश मै रोजगार को सिर्जना होस् र युवाहरु स्वदेस मै स्थापित हुन सकुन सुनखानी डट कमको यही छ नव बर्ष २०६९ को शुभकामना – सुर्य के.सी सुनखानी डट कम

आगलागीबाट दुई बालिकाको मृत्यु

१९ चैत, चौतारा । सिन्धुपाल्चोकको लिसङ्खु गाविस-९ का एक छिमेकीको गोठमा आगलागी हुँदा दुई बालिकाको जलेर मृत्यु भएको छ ।  आगलागीमा प्रेम दोर्जे तामाङका छोरीहरु ११ वषिर्या सपना तामाङ र ७ वषिर्या विपना तामाङको गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक वालाजी रायमाझीले बताउनुभयो ।
जङ्गलको छेउमा रहेको छिमेकी देव दोर्जे तामाङको गोठमा आगलागी हुादा सो घटना भएको थियो । बालिकाहरुले नै घरबाट लाइटर लगेर परालमा आगो सल्काएको प्रहरीले आशङ्का गरेको छ । रासस

दिपककुमार

 –पूर्ण चाम्लिङ

 प्रमाणपत्र तह अन्तिम वर्षको प्रयोगात्मक परीक्षाको अंक छुटेर फेल भएका दिपककुमार आजभोली रत्नपार्क—जोरपाटी रुट चल्ने माईक्रो बसमा खलासीका काम गर्छन् । उता श्रीदेवसरको जागिरे जीवन अति व्यस्त छ । कारणबस एकदिन श्रीदेवसर दिपककुमारकै बसमा चढ्न पुग्छन् । भाडा रु.२० दिएका श्रीदेवसरले पाउने रकम फिर्ता माग्दा चानचुन नभएर फिर्ता नदिएका दिपककुमार जावो २ रुपैयाको लागि
किचकिच नगर्न भन्छन् । त्यसमा, आफ्नो रेट जतिमात्र लिन पाउँछस्, तेरो रेटभन्दा कम दिए तँ मान्छस्,–रेट लिष्ट देखा भन्दै श्रीदेवसर चर्किँदा यो मेरो गाडी हो, यहाँ मेरो कानुन चल्छ बुझ्नु भो दाइ ! भनि दिपककुमारले दाँत किट्दा, उनका अगाडीको एउटा सानो दाँतको चिनोले श्रीदेवसरले उनलाई चिन्छन्, चार वर्ष पहिलेको आफ्नै विद्यार्थी पो रैछन्, र सो बेलाको परीक्षा विवादबारे सोच्न
पुग्छन्,– नतिजामा आफ्नै क्याम्पसबाट दिईने प्रयोगात्मक विषयमा गयल थियो । क्याम्पसमा बुझ्दा अंक परीक्षा शाखामा पठाईएको र परीक्षा शाखा बल्खुको आलटाले बोलीले क्याम्पसबाटै नआएको प्रतिक्रिया पाएपछि दिपककुमारले श्रीदेवसरलाई नै बल्खु गएर बुझिदिन हुन अनुरोध गरेका थिए । एक जनाको लागि पुरै कार्यलय समय बर्बाद गर्न नसक्ने श्रीदेवसरले बताएपछि दिपककुमार राँकिदै
श्रीदेवसरमाथि जाईलागेका थिए । यो मेरो क्षेत्र हो, यहाँ मेरो नियम चल्छ, तँ जस्ता कतिलाई विदा गरेको छु, भन्दै पालेहरुका बलले दिपककुमारलाई बाहिर घोक््रयाका दिनपछि श्रीदेवसरको ऊसँगै आजमात्र भेट भएको थियो । क्याम्पसमा हुँँदा मेहनती आफ्नो विद्यार्थीको भविष्य एउटा सानो विवादका कारण यो हालत होला, भन्ने उनले सोचेका थिएनन्,—दिपककुमार त पुरै आवारा भएछ, झ्याप्ले पहेँलो
कपाल पाल्ने, कानमा मुन्द्रो लगाउने भएछ,  वायाँ हातमा भाडा उठाको पैसा च्यापेका छन् । एक विद्यार्थीका लागि एक दिन दिन नसक्दा, उनको जिन्दगी विग्रेको देख्दा श्रीदेवको मन कुँडिन्छ, तर केहि बोल्न सक्दैनन् । दिपककुमार भने चिन्या—नचिन्या झैँ गरि मुखबाट पिच्च सूर्ती थुकेर दायाँ हातको चुरोटको मुस्लो उडाउँदै माईक्रोको ढोकामा अढेस मारेर एकोहोरो चिच्याईरहेका हुन्छन्—
गौशला– चावहिल– बौद्घ– जोरपाटी–…………………
पशुपति ब.क्याम्पस

सुनखानी डट कम को जरुरी सुचना !!!

यो सुनखानी डट कम तपाईहरु सबैको साझा वेबपेज हो । कृपया तपाईहरु यो कार्यलाई सहयोग गर्न चाहनुहुन्छ भने पक्कै पनि तपाईहरुले प्राप्त गर्नुभयको आफ्नो अनुभब सुनखानी डट कम लाई बाड्न सक्नुहुन्छ । अनी तपाईंले प्राप्त गर्नुभयको कुनै पनि समचार , खोजखबर,कुनै आनौठो लाग्दो लेखहरु तथा तपाईका साहित्य सिर्जन पनि हामीलाई पठाउन सक्नुहुन्छ धन्यवाद ।

सुनखानी गा.वि.स को छोटो परिचय

तपाईहरु अहिले सुनखानी डट कम मा हुनुहुन्छ। कृपया यो वेबसाईट पूर्ण रुपमा तयार नभैसकेको हुनाले बिषयवस्तुहरु समाबेश गरियको छैन। हामी चाहन्छौ तपाईहरुको पनि पूर्ण सहयोग हुनेछ । केही समय पछी पूर्णरुमा उपडेट हुने छ प्रतिक्ष्या गर्नुहोला धन्यवाद। !

Contact At: Mail me

  1. Personal Webpage
  2. Facebook
Related Posts Plugin for WordPress, Blogger...
Saturday 25th May 2013